काठमाडौं । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । बिहीबार आयोगले उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन आग्रह गरेको हो । निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते (१५…