काठमाडौं । कुशल मल्लको उत्कृष्ट शतकमा नेपालले एसीसी मेन्स प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा…