काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अनुशासन आयोगको बैठक बोलाएको छ । आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न रास्वपाले मंगलबार बिहान ११ बजेका लागि आयोगको बैठक बोलाएको हो । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने रास्वपा अनुशासन आयोगका…