प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका-६, लिबाङमा एक १९ वर्षीय युवकले आफ्नै भाइसँग मिलेर श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध रहेको शंकामा १९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइको सहयोगमा १९ वर्षीया श्रीमती शर्मिलाको योजनाबद्ध हत्या गरेको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत माघ १६ गते राति ‘इभनिङ वाक’ जाने बहानामा…