काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले…