काठमाडौं । इरानले नागरिकमाथि लगाएका केही प्रतिबन्धहरू केही खुकुलो पारेको छ । देशभर फैलिएको हिंसात्मक विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको समाचार संस्था एपीले जनाएको छ । विदेशमा फोन गर्न मिले पनि विदेशबाट इरानभित्र फोन गर्न भने सम्भव नभएको सेवाग्राहीले बताएका छन् । यद्दपि इन्टरनेटमा लगाइएको प्रतिबन्ध…