एकै ठाउँबाट सेवा दिन काठमाडौं प्लाजा सर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरे…