काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषद्को निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् । ‘सोमबारको मन्त्रीपरिषद् बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा भएपछि र रंगरोगनको काम सकिएपछि चाँडै नै…