प्रि-ओपन सेसनमा नेप्से करिब २ अंकले ओरालो

काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.९१ अंकले ओरालो लागेर २०७८ विन्दुमा आएको छ । यससँगै ३० कम्पनीको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ लाख ९३ हजार ५५३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १२ कम्पनीमा उकालो लागेको छ भने १५ कम्पनी घटेको छ ।…