उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

काठमाडौ । सोमबार दिउँसो काठमाडौं महानगरको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा गरे । दर्जनौं नगर प्रहरी घाइते भए भने स्थानीयले चर्को नाराबाजीसहित घरेलु हतियारसमेत प्रदर्शन गरे । उनीहरू उठिवासको त्रासमा रातभर सुत्न सकेनन्, मध्य मंसिरको ठिहिर्‍याउने जाडोका बीच रातभर जाग्राम बसेर झण्डै १५ सय जनालाई सामूहिक रात्रि भोज गरे । उनीहरूले काठमाडौं…