मदन पुरस्कार कृति ‘खलंगामा हमला’ माथि फिल्म बन्ने

काठमाडाैं । २०७० सालमा मदन पुरस्कार प्राप्त गरेको कृति ‘खलंगामा हमला : जुम्ला अ नर्स स्टोरी’माथि फिल्म निर्माण हुने भएको छ । राधा पौडेलद्वारा लिखित कृतिमाथि बन्न लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । विनोद विष्टले फिल्मको निर्देशन गर्नेछन् । उनले यसअघि झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’माथि फिल्म बनाएका…