काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर प्रकृतिको घटनाहरू भइरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘नयाँ सरकार गठन भई अर्थतन्त्रले गति लिने आशा गरिएकै बखत् सार्वजनिक भइरहेका यस्ता घटनाले निर्माण सहित सबै खाले उद्योगमा लागेका…