काठमाडौं । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज (बुधबार) आयोजना हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बन पछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । खेल साझ ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ ।…