रुपन्देही । रुपन्देहीको मर्चवारी ६ बेतकुइयाँका अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उनको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, 'कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।' सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म…