पेरिस । फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन्…