काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अप्ठेरो पर्दा नेपाल स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् । मंगलबार काठमाडौंमा स्काउटको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरिन् । “कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्वारेन्टाइन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान…