नाम प्रधानमन्त्री समक्ष गइसकेको छ, छिट्टै मन्त्री हेरफेर हुन्छन्: माधव नेपाल

सप्तरी । नेपाल कम्युनिष्ट पार्ठी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताएका छन् । मंगलबार आफ्नो पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् । ‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ…