ओखलढुङ्गा । ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । नेचासल्यान गाउँपालिका सोलुखुम्बुदेखि ओखलढुङ्गातर्फ आउँदै गरेको प्र–१–०२–००२ च २५३५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा त्यसमा सवार सात जना घाइते भएका हुन् । घाइतेमध्ये नेचा सल्लान गाउँपापलिका–३ का ७० वर्षिय दलिराम शर्माको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबेन्द्र दासले बताए…