लन्डन । वेल्सका फुटबल खेलाडी ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । इंग्लिस क्लब टोटनह्याम तथा स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी बेल आफ्नो देश वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन्…