काठमाडौं । सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा छिटो १०० विकेटको विश्व कीर्तिमान राखेकोमा नेपाली क्रिकेट टीमले सेलिब्रेसन गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका सबै खेलाडीहरुको उपस्थितिमा क्यानले कार्यक्रम आयोजना गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई ‘टोकन अफ लभ’ समेत प्रदान गरेकाे छ । सन्दीपले ‘फास्टेस्ट १०० विकेट’ लेखिएको केक काटेका थिए ।…