बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू भएको छ । ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिने ठानिएको छ । राष्ट्रपति सी प्रमुखका रुपमा पुनः चुनिनु भएमा पार्टी र सरकार प्रमुखका दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने दशकौँ पुरानो चिनियाँ व्यवस्थाको क्रमभङ्ग हुनेछ…