ताइवानमा शक्तिशाली भूकम्प : देशभर धक्का महसुस

ताइपेई । ताइवानको उत्तरपूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर शनिबार ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ताइवानको प्रशासनका अनुसार यिलान सहरबाट करिब ३२ किलोमिटर टाढा समुद्रमा ७३ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको धक्का राजधानी ताइपेईसहित टापुभरि महसुस गरिएको थियो, जसका कारण अग्ला भवनहरू निकै बेरसम्म हल्लिएका थिए । भूकम्प शक्तिशाली भए…