काठमाडौं । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि शुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको ७ दशक भन्दा लामो साझेदारी अन्त्य भएको हो । दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले सङ्गठनलाई बुझाउन बाँकी रहेको झन्डै २७ करोड डलर बक्यौता…