एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउनसक्छ : पूर्वप्रधानमन्त्री खनाल

कैलाली । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्ने बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको हकमा सबै राजनीतिक दलले सुझबुझपूर्ण…