इंग्ल्याण्डलाई ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि

लन्डन । ब्राजिललाई हराउँदै इंग्ल्याण्डको महिला फुटबल टोलीले प्रथम संस्करणको ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै उपाधि जितेको हो । निर्धारित समयको खेलको २३ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टोनेले अग्रता दिलाइन् । तर, ब्राजिलकी सब्स्टीच्युट खेलाडी आल्भेस…