राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन् । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोली हेर्नेछन् । जसका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन्…