अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाबाट पठाइएको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटान्स पर्सले उपलब्ध गराएको ४० टनभन्दा बढी सामग्री काठमाडौँ ल्याइएको हो। प्राप्त राहत सामग्री स्थानीय तहमा बाढी प्रभावित क्षेत्रमा कार्यरत साझेदार संस्थामार्फत करिब २ हजार ६ सय परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको जनाइएको छ। सामग्रीमा खानेपानी…