गण्डकीले जित्यो टाइगर कपको उपाधि

पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले जित निकालेको…