‘प्रेमगन्ज’को ‘समय’ सार्वजनिक

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ। गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । स्याड सैलीको गीत तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत भएको छ । गीतले एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई प्रस्तुत गरेको छ…