काठमाडौँ । काठमाडौँ ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नाङ्गो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुधबार छलफल गरेका छन् । पौडेलले प्राधिकरणमै पुगेर घिसिङसँग काठमाडौँ ५ सहित उपत्यकामा रहेका नाङ्गो तारको समस्या समाधान गर्न आग्रह गरे । उनले विद्युत् पोललाई यथाशक्य चाँडो प्रतिस्थापन…