हराइरहेकाे तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा फेला परेको छ । जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङ प्रहरीले ग्लाेब नेपाललाई जनाएकाे छ ।…