काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफुलाई हटाउने वा राख्न भन्ने विषय पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट नै हुने बताएका छन् । बिहिबार मुख्यमन्त्री पाण्डेले ट्वीटरमार्फत गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने पनि बताए । उनले ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ, नेकपा एसका…