काठमाडौं । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय एवम् सक्रियतामा उद्धार गरी आज उनीहरूलाई नेपाल फर्काइँदैछ । उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीसहित…