एजेन्सी / नयाँ दिल्ली । एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ । अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस…