काठमाडौं । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले नुवाकाटेका जनतामाथि अन्याय भएको जनाए । ‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी…