‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना

जुम्ला । दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् । आर्थिक सहयोग पाए बाँच्‍ने उनको आशा छ ।  तातोपानी गाउँपालिका– २ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य भएका छन् । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए ।  उनले…