कांग्रेस नेता किरण पौडेलद्वारा पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् । नेविसंघका पूर्व महामन्त्री समेत रहेका देउवा निकट नेता पौडेलले बागलुङ लगायत देशभरकै सीट बाँडफाँटमा असहमति जनाउँदै पार्टी त्यागेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विवेकमा प्रश्न उठाउँदै उनले कांग्रेसको सदस्य समेत नरहने गरी राजीनामा पत्र बुुझाएका हुन्…