अमेरिकाको न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ । मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्यूयोर्कका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनले सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्नुभएको हो । संयुक्त रूपमा जारी वक्तव्यमा न्यूयोर्कमा हालसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको उल्लेख गरिएको छ ।…