काठमाडौं । दसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाउने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष देशका अधिकांश स्थानमा वर्षा भएकाले टीका लगाउन जानेहरूको…