काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । साथै उनले छानिबनमा पूर्ण सहयोग गर्ने पनि…