आजदेखि खुल्यो म्यादी प्रहरीमा भर्ना

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना आज आइतबारदेखि खुलाइएको छ । आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन खुला गरेको हो । जसका लागि देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।…