ताइपेइ । स्वशासित टापुमा चीनको सैन्य धम्कीपछि सहयोगस्वरुप वासिंगटनले ताइपेइसँग व्यापार वार्ता घोषणा गरेपछि अमेरिकी गभर्नरले ताइवानका राष्ट्रपतिलाई भेट गरेका छन् । इन्डियाना राज्यका रिपब्लिकन गर्भनर इरिक होलकम्ब ‘आर्थिक विकास यात्रा’ का लागि आईतबार ताइवानमा उत्रिए । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको बदलामा बेइजिङले ताइवान स्ट्रेटमा सैन्य प्रदर्शन गरेपछि अमेरिक र चीनबीच…