चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ । जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए । गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी…