जेनजीको आन्दोलन : रुपन्देहीमा पनि कर्फ्यु जारी

बुटवल । जेनजीको प्रदर्शन उग्र भएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । रुपन्देहीमा पनि जेनजीले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवामा भएको प्रदर्शनमा नाराबाजीसहित कांग्रेस पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले तोडफोड गरेका छन् । स्थिति नबिग्रियोस् भन्ने उद्देशले रुपन्देहीका…