काठमाडौं । अमेरिकासहित सात देशका दूतावासले जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका दूतावासहरूले संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको बताउँदै सबै पक्षलाई अधिकतम संयम…