काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् । जीतसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स एण्ड फिटनेश तर्फ नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी…