परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । सोमबार दिउसो सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हंसराम यादवले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा आफ्नै ३४ वर्षीय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । गोली प्रहारपछि भागेका हंसरामलाई मंगलबार दिउँसो प्रहरीले सुनवल नगरपालिका–९ को वनकट्टी…