पर्यटन मन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारेः भानुभक्त ढकाल

काठमाडौं । नेकपा एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना पारिएको…