जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

गुल्मी । मदाने गाउँपालिका–६ को पृथ्वी माविका शिक्षक देविराम भुसाललाई हिजो बिहान विद्यालय समयमा एक स्थानीयबासिन्दाले फोन गर्दै भने, ‘तपाइँहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन् । आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?” त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो । शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराए । त्यसपछि विद्यालयका चार जना शिक्षक विद्यार्थी खोज्दै…