कोलम्बो । देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ । ‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौं भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका…