मन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी

काठमाडौं । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् । आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् । सचिव पाण्डेले आफ्नो गाडीको चाबी खोसिएको बताएका छन् । मुख्यमन्त्रीसँग छलफलका लागि पुगेको र…